बेलायतलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चीनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चीनको चेतावनी

एजेन्सी, ६ साउन । चीनले बेलायतलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बेलायतले हङकङसंग तत्काल लागू हुने गरी अनिश्चितकालसम्मका लागि सुपुर्दगी सन्धि स्थगित गरेपछि चीनले उक्त चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बेलायतका लागि चिनीँया राजदुत लिउ सियाआमिङले हङकङ मामिलामा चालीरहेको गलत कदम नरोके बेलायतले त्यसको ठुलै मुल्य चुकाउनु पर्ने चेतावनी दिनु भएको हो । चीनले वेलायतको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको भन्दै राजदुत लिउले वेलायतबाट पनि त्यस्तै अपेक्षा गरिएको उल्लेख गर्नुभएको छ ।

बेलायतले चीनद्वारा हङकङमा लागु गरेको नयाँ सुरक्षा नीतिको विरोध गरिरहेको छ । बेलायतले यसअघि ३० लाख हङकङबासीलाई वेलायतमा बसोबास गर्न दिने बताइसकेको छ । वेलायतले हङकङसंगको सुपुर्दगी सन्धी स्थगित गरेसंगै बेलायत वा हङकङमा कसैले आपराधिक गतिबिधी गरेमा एक अर्काले सम्बन्धित देशका अपराधीलाई सुपुर्दगी गरिने छैन ।

बेलायतका बिदेश सचिव डोमिनिक रावले चीनसंग सकारात्मक सम्बन्ध राख्न चाहेको भन्दै चीनले हङकङमाथि नयाँ सुरक्षा कानुन लागू गरेको बिषय गम्भीर भएको प्रतिक्रिया दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);