हङकङमा राष्ट्रवादीहरु मात्रै चुनाव लड्न पाउने कानून पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

हङकङमा राष्ट्रवादीहरु मात्रै चुनाव लड्न पाउने कानून पारित

एजेन्सी , १७ चैत । चीनले हङकङमा राष्ट्रवादीहरुले मात्रै चुनाव लड्न पाउने नियम सहितको कानून पारित गरेको छ । गएको मार्चमा चीनको नेशनल पिपुल्स कंग्रेस एनपिसीको क्रममा संसदले पारित गरेको कानून एनपिसी स्थायी कमिटिले मंगलबार पारित गरेपछि हङकङमा ‘राष्ट्रवादी’हरु मात्रै चुनाव लड्न पाउने भएका छन् ।

चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रित गर्ने उद्देश्यसहित ल्याएको कानून पारित भएपछि चीनले हङकङको निर्वाचन प्रणालीमै नियन्त्रण गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हाल पारित गरेको नयाँ कानूनले हङकङमाथिको चिनियाँ नियन्त्रण अझै बलीयो भएको बताइएको छ । नयाँ कानूनले सांसदसहित पदका उमेद्वारले चिनबाट अनुमोदन प्राप्त गर्नूपर्ने छ । हङकङका विपक्षी राजनीतिक दल तथा प्रजातन्त्रबादी नेताहरुले यो प्रावधानले प्रजातन्त्रको अन्त्य हुने भन्दै आलोचना गरेका छन् ।

चीनले हङकङमा कडा सुरक्षा कानून लागु गरेपछि चुनावी प्रणालीमा पनि परिमार्जन गर्न खोजेको हो । अमेरिका वेलायत लगायत पश्चिमा मुलुकहरुले हङकङमाथि चिनीयाँ हस्तक्षेपको विरोध गर्दै एक देश, दुई प्रणालीको सहमति चीनले उल्लंघन गरिरहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);