चिनियाँ पदाधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

चिनियाँ पदाधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

एजेन्सी, १३ असार । अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टी सिसिपीका पदाधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनु भएको हो ।

हङकङकमा नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीलाई भिसा नदिने तयारी गरेको पोम्पेओको भनाइ छ । नयाँ प्रतिबन्ध सिसिपीका वर्तमान तथा पूर्व पदाधिकारीमाथि केन्द्रित रहने विदेश मन्त्री पोम्पेओले बताउनुभयो ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताउनुभएको थियो । चीनले भने अमेरिकाको निर्णय त्रुटी पुर्ण रहेको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ ।

नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);