चीनले मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चीनले मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने

china martial art

एजेन्सी, १४ असार । चीनले आफ्ना सैनिकलाई तालिम दिनका लागि तिब्बती पठारमा मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने भएको छ । आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने तयारी गरेको छ ।

आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चलेको कदम हो । सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक र विस्फोटक पदार्थ बोक्न पाउँदैनन ।

हालै भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए । हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन । हङ्कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० मा लेखेका थिए ।

सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);