टोखा मेयर कप जितकुण्डो भोलिदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

टोखा मेयर कप जितकुण्डो भोलिदेखि

काठमाडौं। नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता भनेलि शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा चार राष्ट्रका ९० खेलाडी सहभागी हुने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाए ।

नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ। पुरुषमा आठ र महिलामा दुई गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सबै स्पर्धाका पदक विजेतालाई नगदबाट पुरस्कृत गरिने छ। टोखा नगरपालिकाको मुख्य प्रायोजनामा हुन लागेको दुई दिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ।

प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको सातौं जित कुण्डो सेमिनार बिहीबार सम्पन्न भएको छ । राखेप हातामै भएको दुईदिने सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरेका थिए । उनलाई आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);