चौथो राष्ट्रिय हाप्कीडो इन्सट्रक्टर, लिडर सीप तथा रेफ्रि सेमिनार सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चौथो राष्ट्रिय हाप्कीडो इन्सट्रक्टर, लिडर सीप तथा रेफ्रि सेमिनार सम्पन्न

नेपालगञ्ज, २४ मंसिर । नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बधाई तथा शुभकामना प्रदान गर्नुभयो ।

बाँके जिल्ला मार्सल आर्ट हाप्कीडो एसोसिएसनको आयोजना तथा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनको सहयोगमा सञ्चालित कार्यक्रममा सहभागीहरूलाई संघ अध्यक्ष मास्टर काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङ लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

नेपालगन्ज रङ्गशालामा भएको कार्यक्रमको समापन समारोहमा प्रदेश नं ३ प्रदेश सभा सदस्य लाल कुमारी पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखे र सावित्रा चौधरी ,बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर,ओलम्पियन दीपक विष्ट तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ लगायत अतिथिको उपस्थिति थियो ।

प्रमुख अतिथि बरालले राज्यको कम लगानीका बाबजुद खेलाडीको व्यक्तिगत पहलमा धेरै सफलता पाएको बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष घर्ती मगरले राष्ट्रिय खेलकुदमा पाउने सफलतामा पदक बापत नगद पुरस्कार महत्त्वपूर्ण रहने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);