राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

काठमाडौं। नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ।आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले २४ देखि २५ भदौसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहनेछ। सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।सान्डाको पुरुषमा १० र महिलामा ८ गरी १८ स्पर्धा समावेश छन् । प्याटर्नको पुरुष महिलामा ४–४ गरी ८ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र दुई उपसमिति गठन गर्ने निर्णण पनि गरेको छ । नौ सदस्यीय मूल आयोजक समितिमा संघका सचिव महेश महर्जनलाई संयोजक र संघका पूर्वअध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।
आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सह–संयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ रहेका छन् । प्रचारप्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई संयोजक तथा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङलाई सदस्य तोकिएको छ।

बैठकले संघको चुनावी साधारणसभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी गराए । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर चुनावी साधारण सभा भदौ तेस्रो साता गर्नेगरी प्रकृया अगाडि बढाउने अध्यक्ष लामाले बताए। केन्द्रीय साधारण सभाअघि विभिन्न ५ प्रदेशमा संघ गठन गरिने छ। त्यस्तै हाल १४ जिल्लामा रहेका संघलाई पुनर्गठन गर्ने र थप ११ जिल्लामा संघ विस्तार गर्ने तयारी पनि रहेको अध्यक्ष लामाले जानकारी गराए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);