पाकिस्तानको कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा हमला, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पाकिस्तानको कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा हमला, दुई जनाको मृत्यु

एजेन्सी, १४ असार । पाकिस्तानको कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूको आक्रमणबाट दुई जनाको मृत्यु भएकाे छ र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ। समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै केही आक्रमणकारीहरू मारिएको र घटनास्थलमा कारबाही जारी रहेको बताइएको छ। तर उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र उनीहरू को हुन् भन्ने स्पष्ट भइसकेको छैन।

कराची चिनियाँ दूतावासमा आक्रमण, चारको हत्या

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई ’शहीद’ भनेपछि…

पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन्।

त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेका र उनीहरूले ’सबैमाथि गोली चलाएको’ बताएका छन्।

जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);