इरानले जारी गऱ्यो ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इरानले जारी गऱ्यो ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट

iran trump arrest

एजेन्सी, १६ असार । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानी मारिएको विषयलाई लिएर इरानले ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० जना सहभागी रहेको र सबै माथि हत्या र आतंक फैलाउने आरोप लागेकोले पक्राउ पूर्जी जारी गरेको तेहरानका महान्यायाधिवक्ता अली अलकासिमेहरले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोलसँग मद्दत समेत मागेको बताइएको छ ।

इन्टरपोलले भने इरानी वारेन्टको जवाफ दिएको छैन । यता महान्यायाधिवक्ता अलकासिमेहरले इरानले इन्टरपोल मार्फत ट्रम्पसहित बाँकी आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको जनाउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);