अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्ध लगाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्ध लगाउने घोषणा


एजेन्सी, ७ असोज । अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको हो ।

इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको बताइएको छ । इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्ध लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नु भएका अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले आफ्नो आदेशले इरानी सत्ता र इरान विरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको बताउनुभएको छ । साथै ट्रम्पले आफ्नो प्रशासनले इरानलाई आणविक, ब्यालिस्टिक क्षेप्यास्त्र र परम्परागत घातक हातहतियारको निर्माण रोक्न हरसम्भव प्रयत्न गर्ने उल्लेख गर्नुभएको छ ।

त्यस्तै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताउनुभएको छ । साथै उहाँले प्रतिबन्ध उल्लंघन गर्ने विरुद्ध जवाफदेही बनाइने समेत बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);