रुससहितका तीन मुलुकविरुद्ध नयाँ प्रतिबन्ध लगाउन अमेरिका तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

१९ साउन, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससहितका तीन मुलुकविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी संसद सिनेटले पास गरेको विधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको हो । विधेयकमा इरान र उत्तर कोरियामाथि पनि प्रतिबन्ध लगाइने उल्लेख छ । नयाँ कानुनले राष्ट्रपति ट्रम्पको असीमित अधिकारलाई पनि केही कटौती गरिदिएको छ ।

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेप र सिरिया तथा युक्रेनमा भएको आक्रमणका लागि रुसलाई दण्डित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । यसैबीच अमेरिकाले प्रतिबन्ध लगाएको विषयमा रुसले कडा आपत्ति जनाएको छ ।

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले अमेरिकाले रुसविरुद्ध व्यापारिक युद्ध घोषणा गरेको बताए । इरानले पनि नयाँ प्रतिबन्धले परमाणु सम्झौताको उल्लंघन भएको भन्दै यसको उचित तवरमा जवाफ दिने प्रतिक्रिया दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);