ट्रम्पद्वारा ९ अर्ब डलरको कोरोना राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ट्रम्पद्वारा ९ अर्ब डलरको कोरोना राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर

एजेन्सी, १३ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी संसदको दुवै सदनले एक साता अघि नै पारित गरेको कारोना राहत प्याकेज सम्बन्धी विधेयकका केहि प्रावधानमा असहमति राष्ट्रपति ट्रम्पले विधेयकमा ढिलो हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

रिपब्लीकन र डेमोक्रेट दुबै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुबै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए । कोरोनाको संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको यो दोस्रो विधेयक हो ।

यसअघि पनि झण्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो । पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने अवस्था थियो ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले समेत दुबै सदनद्वारा पारित आम सहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्पलाई आग्रह गर्नुभएको थियो । विधेयक स्वीकृत गरेपनि प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६ सयको साटो १८ सय अमेरिकी डलर दिनुपर्ने आफ्नो अडान यथावत रहेको ट्रम्पले दोहो¥याउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);