नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण स्पेन, स्विडेन र स्विटजरल्याण्डमा समेत भटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण स्पेन, स्विडेन र स्विटजरल्याण्डमा समेत भटियो

काठमाडौँ, १२ पुष। बेलायतबाट फैलिएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण युरोपका विभिन्न मुलुकहरुमा समेत भेटिन थालेको छ । नयाँ प्रकारको कोरोना भाइरस स्पेन, स्विडेन र स्विटजरल्याण्डमा समेत भेटिएको छ ।

यसअघि नै फ्रान्समा भेटिएको उक्त संक्रमण विभिन्न मुलुकमा बेलायतबाटै गएको पुष्टि भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । नयाँ स्वरूपको कोरोना भाइरसबारे पर्याप्त अध्ययन नभएकाले पुरानो कोरोना भाइरस भन्दा फरक लक्षण हुन्छन् वा नयाँ लक्षण देखा पर्छ भन्ने यकिन नभएको चिकित्सक बताउछन् ।

हालसम्म गरिएका अध्ययन अनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस बढी संक्रामक रहेको सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);