बेलायतबाट सुरुभएको कोरोना भाइसरको नयाँ प्रकार फ्रान्समा पनि देखा पर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बेलायतबाट सुरुभएको कोरोना भाइसरको नयाँ प्रकार फ्रान्समा पनि देखा पर्‍यो

एजेन्सी, ११ पुष । हालै बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ भेरीअन्ट फ्रान्समा पनि पहिलो पटक भेटिएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता बेलायतको लन्डनबाट फर्किएका एक जना फ्रान्सेली पुरुषमा नयाँ प्रकारको कोरोना भाइरस पाइएको हो ।

उनलाई फ्रान्सका टूर्सस्थित घरमा एकान्तवासमा राखिएको छ । उनमा लक्षण देखिएको थिएन । फ्रान्सले बेलायतसँग आवतजावतमा लगाएको प्रतिबन्ध गत बुधवार हटाएको थियो । कोरोना भाइरसको नयाँ प्रकार देखिपरेपछि विश्वका थुप्रै देशले बेलायत यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि भेटिइसकेको छ । नयाँ प्रकारको कोरोना भाइरस सुरुमा सेप्टेम्बरमा बेलायतको इंग्ल्याण्डमा देखा परेको थियो । केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इंग्ल्याण्डमा नयाँ भाइरसकै कारण कोरोनाको संक्रमण दर बढिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);