युरोपका विभिन्न मुलुक नयाँ प्रकारको कोरोना संक्रमणको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

युरोपका विभिन्न मुलुक नयाँ प्रकारको कोरोना संक्रमणको चपेटामा

एजेन्सी, १२ पुष । बेलायतबाट फैलीएको नयाँ प्रकारको कोरोना संक्रमण युरोपका विभिन्न मुलुकहरुको भेटिएको छ । नयाँ प्रकारको कोरोना संक्रमण स्पेन, स्विडेन र स्विटजरल्याण्डपनि पाइएको पुष्टि भएका छ ।

यसअघि नै फ्रान्समा भेटिएको उक्त संक्रमण विभिन्न मुलुकमा बेलायतबाटै गएका हरुमा पुष्टि भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । स्पेनको राजधानी म्याड्रिडमा बेलायतबाट फर्केका एक व्यक्तिका तीनजना आफन्तमा कोरोना भाइरसको नयाँ भेरियन्टको पुष्टि भएको छ ।

यसैगरी स्वीजरल्याण्ड र स्वीडेनमा पनि बेलायतबाट फर्किएकहरुमा नयाँ प्रकारको कोरोना संक्रमण भेटिएको छ । यसैबीच क्यान्डाका एक जोडीमा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको छ । उनीहरु पछिल्लो समयमा कतै यात्रा पनि नगरेको र उच्च जोखिममा भएका मानिसहरुको सम्पर्कमा पनि नरहेको बताइएको छ ।

डेनमार्क, जर्मनी, इटली, नेदरल्याण्ड र अष्ट्रेलियामा पनि मानिसहरु कोरोनाभाइरसको नयाँ भेरियन्टको चपेटमा आएको पुष्टि भइसकेको छ । यसैगरी जापानले बेलायतबाट फर्केका पाँच जापानी नागरिक पनि संक्रमित भएको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);