जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप

एजेन्सी , ७ पुष । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । मंगलबार बिहान आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर अस्पतालमा बाइडेनले कोरोना विरुद्ध खोप लगाउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बाइडेनले फाइजर बायोन्टेकले बनाएको कोरोना विरुद्धको खोप अस्पतालकी नर्स ताबे मासाले लगाइदिएकी हुन् । बाइडेनले यो खोप उपलब्ध हुने स्थानमा पुगेर लगाउन पनि अमेरिकीवासीलाई अनुरोध गर्नु भएको छ ।

बाइडेनले कोभिडविरुद्धको खोप बनाउन दिनरात लागेका सबैलाई धन्यवाद दिनुभयो ।

यसैबीच बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसप्रति विश्व स्वास्थ्य संगठन डब्लुएच ओले चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओ इमर्जेन्सी चीफ माइक रायनले महामारीको फैलावटको क्रममा नयाँ प्रकार भेटिनु सामान्य भएपनि चिन्ताको विषय भएको बताउनु भयो ।

नयाँ प्रकारको कोरोना संक्रमण बढेसंगै ४० भन्दा बढी देशले बेलायत आत जावतमा रोक लगाएका छन् । भाइरसको नयाँ प्रकार बढी संक्रामक छ तर यो बढी घातक छ भन्ने प्रमाण भने हालसम्म भेटिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);