सय दिनमा १० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बाइडेनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सय दिनमा १० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बाइडेनको घोषणा


एजेन्सी, २४ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना अघि सार्नुभएको छ । बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै बाइडेनले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको बताउँदैै सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउनसमेत बाइडेनले आग्रह गर्नुभएको छ । फाइजर र बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको समेत उहाँले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

साथै उहाँले आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपायहरु अवलम्बन गर्न आफुहरु लागेको जानकारी गराउनु भएको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । यस्तै दुई लाख ८५ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);