अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित

एजेन्सी , ७ पुष । अमेरिकी संसदले कोरोना भाइरसको महामारीका कारण वित्तीय समस्यामा भएका नागरिकका लागि तय भएको राहत प्याकेज पारित गरेको छ ।
मंगलबार अमेरिकी संसदले ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी संसदको तल्लो सदन हाउस हफ रिप्रिजेन्टेटिभबाट परित भएको केहि समयपछि नै माथिल्लो सदन सिनेटले मंगलबार उक्त प्याकेज स्वीकृत गरेको हो । राहत प्याकेजमा वित्तीय समस्यामा परेका अमेरिकी नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा कोरोना प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि यसको प्रयोग गरिने उल्लेख छ । अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १ दशमलव ४ ट्रिलियन डलर बराबरको कार्यक्रममा यो नयाँ प्याकेज थप भएको हो । सदनबाट पास भएको प्याकेजलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले जति सक्दो चाँडो प्रमाणिकरण गर्नुहुने बताइएको छ ।

राष्ट्रपति निर्वाचित जो बाइडेनले पारित भएको राहत प्याकेज स्वागत योग्य भएको प्रतिक्रिया दिनु भएको छ । तर नयाँ वर्ष लागेसँगै महामारीबाट प्रभावित भएकाहरुको सहायताका लागि नयाँ प्याकेजका लागि काम गर्नु पर्ने र त्यसमा सदनले सहयोग गर्नु पर्ने बाइडेनको आग्रह छ ।

यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);