सिंगापुरमा अर्थतन्त्र सुधार्न ५ अर्ब ८० करोड डलरको राहत प्याकेज | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

सिंगापुरमा अर्थतन्त्र सुधार्न ५ अर्ब ८० करोड डलरको राहत प्याकेज

एजेन्सी,२ भदाै । सिंगापुरले कारोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्र सुधारका लागि ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ ।सिंगापुरका प्रधानमन्त्री लि सिन लुङले राहत प्याकेजबारेमा मंगलबार जानकारी दिइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

संकटमा परेको अर्थतन्त्रको सुधारका लागि सिंगापुर सरकारले घोषणा गरेको उक्त आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ । सिंगापुरका उपप्रधान तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले कम्पनीहरुलाई आर्थिक क्रियाकलाप अघिबढाउन तथा रोजगारीमा सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।

उपप्रधानमन्त्री हङ स्वीले यो राहतको कार्यक्रम २०२०को मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि हुने बताउनु भयो । यो रकम सिंगापुरको हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको पारिश्रमिकका लागि पनि उपलब्ध गराइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);