भारतद्वारा ५० हजार करोड प्याकेजको घोषणा, डोनाल्डले प्रतिबन्ध हटाउन गभर्नरलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतद्वारा ५० हजार करोड प्याकेजको घोषणा, डोनाल्डले प्रतिबन्ध हटाउन गभर्नरलाई निर्देशन

narendra modi

एजेन्सी, ५ वैशाख । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंकअफ इन्डिया आरबीआईले ५० हजार करोड भारतीय रुपैयाँको आर्थिक तथा वित्तीय प्याकेजको घोषणा गरेको छ ।

कोरोना भाइरसका कारण विभिन्न समस्यासँग जुझिरहेको वित्तीय क्षेत्रलाई राहत दिने गरी शुक्रबार आरबीआईले ५० हजार करोडको वित्तीय घोषणाहरु गरेको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले ‘लक्षित दीर्घकालीन रिपो अपरेसन’को माध्यमबाट ५० हजार करोड रुपैयाँ घोषणा गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनले राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक नबार्ड, नेशनल हाउजिङ बैंक र स्मल इन्डिस्ट्री डेभलपमेन्ट बैंक सीडीबी लगायत वित्तीय संस्थानका लागि ५० हजार करोड भारतीय रुपैयाँको राहत दिने घोषणा गरे ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू हटाउने विषयमा गभर्नरहरूका लागि निर्देशीका जारी गर्नु भएको छ । राज्यमा प्रतिबन्ध हटाउने विषयमा ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्रलाइ चलायमान बनाउने र एउटा चरण कम्तीमा १४ दिनको हुने उल्लेख गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा ट्रम्पले राज्यका गभर्नरहरूलाई आवश्यकता अनुसार कदमहरू चाल्न अनुमति दिइने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);