राष्ट्र बैंकले ७ अर्ब ६९ करोडको विकास ऋणपत्र बिक्री गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

राष्ट्र बैंकले ७ अर्ब ६९ करोडको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौंआन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ ।

ऋणपत्रका लागि बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । चैत ९ गते श्क्रबार ऋणपत्र बिक्री जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । ‘विकास ऋणपत्र २०८६ ‘ड’ नाम दिइएको यो ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ । ऋणपत्रको अविध ०८६ चैत ९ मा सकिनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने सूचनामा उल्लेख छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

Leave a Reply