नेपाल राष्ट्र बैंकले बोलकबोल मार्फत २ अर्बको ऋणपत्र बिक्री गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल राष्ट्र बैंकले बोलकबोल मार्फत २ अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार देखि २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले  निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले  बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने बैंकले जनाएको छ।

साथै, विकास ऋणपत्र २०८२ ‘छ’ नामक ऋणपत्रको ३ वर्षको अवधि रहनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सर्वसाधारण नागरिक तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ।  यहि मंसिर २८ गते ऋणपत्र निष्काशन र साँवा भुक्तानी गरिनेछ । यसको व्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ र आर्जित व्याजमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। सहभागीहरूले प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा रहेर ऋणपत्र बिक्री गर्न सक्नेछ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १.७ अर्ब र ३ करोड रुपैयाँ छुट्याइएको छ। व्याजदरलाई बोलकबोलले कबोल गरेको सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिनेछ।

साथै रकममा भएको कटअफ व्याजदरलाई एकल व्याजदरमा कायम गरिने र व्याजदरभन्दा तल सबै बोलवालाहरुलाई एकल व्याजदरमा ऋणपत्र प्रदान गरिनेछ । यस बैंकबाट इजाजतपत्र प्राप्त भएका (क,ख र ग) वर्गका बैंक तथा वित्तिय संस्थाले अप्रतिस्पर्धीको रुपमा भग लिन पाउने छैन्न ।

ऋणपत्र घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);