राष्ट्र बैंकले एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

राष्ट्र बैंकले एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ बराबरको र तीन सय ६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँको गरी कुल एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै, सर्वसाधारणमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

बैंकको ९१ दिनसम्म म्याद भएको ट्रेजरी आगामी १८ माघमा परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी १५ कात्तिक २०७९ मा परिपक्व हुनेछ । यसअघि ८ कात्तिकमा बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Leave a Reply