नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमार्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो ।

सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५÷५ अर्ब रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले भदौ २० गते ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

जसमा न्यूनतम ८।८३९९ प्रतिशत र अधिकतममा ९।२००० प्रतिशतमा ९।०५९० प्रतिशतको कटअफ ब्याजदरमा बैंकले ट्रेजरी बिक्री गरेको थियो ।

Leave a Reply