नेपाल राष्ट्र बैंकद्वारा १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपाल राष्ट्र बैंकद्वारा १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री

rastra-bank

प्रमिला भण्डारी
काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गरेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा केन्द्रिय बैंकले ट्रेजरी बिल विक्रि गर्ने गर्दछ ।

मौद्रिक व्यवस्थापन गर्नको लागी केन्द्रीय बैँकले प्रयोगमा ल्याएको उपकरण हो ट्रेजरी बिल । ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिल २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ४ अवधिको हुन्छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू राष्ट्र बैँकले आवश्यकता अनुसार निष्कासन गर्दछ ।

वित्तीय बजारमा तरलता अधिक भएको अवस्थामा बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न र तरलता प्रशोधन गर्न यस्ता वित्तीय उपकरणको प्रयोग गर्ने गर्दछ । बैँकले मौद्रिक व्यवस्थापनको लागी साउन २७ गते १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । ट्रेजरी बिलमा संस्थागत खरिदकर्ता मात्र सहभागी हुन पाउने छन् ।

बजारमा तरलता बढि भयो तर बैँकहरुले लगानी गर्ने अवसर नपाएको अवस्थामा बैँकहरुको खर्च बढ्न जान्छ र यसलाई नियन्त्रण गर्नु पर्ने हुन्छ । यदि तरलताको उपयुक्त व्यवस्थापन हुन सकेन भने बैँकहरुले जोखिमयुक्त ठाउँमा पनि लगानी गर्न सक्छन् । बैँकहरुको यस्तो कार्यले दिर्घकालीन रुपमा कर्जामा समस्या आउने भएकोले तरलता व्यवस्थापनको लागी ट्रेजरी बीलको प्रयोग गरिन्छ ।

ट्रेजरी बिलमा ब्याजदरको सट्टामा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । राष्ट्र बैंकले निष्काशन भएको ट्रेजरी बिल ९१ दिन अवधिको रहेको छ । यो बिल कात्तिक २६ गते परिपक्व हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);