नेप्से परिसूचक घटेपनि बुद्धभुमी हाइड्रोको सेयरमा सकरात्मक सर्किट | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

नेप्से परिसूचक घटेपनि बुद्धभुमी हाइड्रोको सेयरमा सकरात्मक सर्किट

काठमाडौं,६ चैत्र । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार सामान्य अंक बढेको नेप्से आज भने घटेर बन्द भएको हो।

नेप्से परिसूचकमा ६.२४ अंकको गिरावट आउँदा पनि दुई कम्पनीमा भने सकरात्मक सर्किट लागेर बन्द भएको छ । बन्द हुने कम्पनीमा नेप्सेमा सुचिकृत भई पहिलो दिन कारोबारमा आएको सर्बोतम सिमेन्ट र बुद्धभुमि हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

बुद्धभुमी हाइड्रोपावरको सेयर अघिल्लो कारोबार दिन बन्द भएको ५०० मा १० प्रतिशत वृद्धि सँगै सर्किट लागेको हो । कम्पनीको सेयर मंगलवार ५५० मा बन्द भएको छ भने ६६ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

मंगलबार नेप्से परिसूचक ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.१६ अंक, फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.४२ अंकले घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

 

Leave a Reply

ताजा समाचार