नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ ।

साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ। साताका ४ कारोबार दिनमा ४२.४७ अंक गुमाएको नेप्से यस दिन २३.७६ अंक माथि उक्लिएको हो । सेन्सेटिभ इण्डेक्स ४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ।

बिहीबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन अर्थात बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी २ उपसमूहको परिसूचक ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);