बढ्यो नेप्से परिसूचक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

आईतवार ५ अंकले वृद्धि भएको नेप्से सोमवार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । सोमवार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम भने घटेको छ । आईवार १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै २ उपसमूहको परिसूचक भने घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक २.४४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशतले बढेको छ । तर यता व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहकोे परिसूचक ०.०२ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिलिभर नेपालको शेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । तर यता ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । सोमवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);