आईतबार नेप्से परिसूचक करिब १५ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईतबार नेप्से परिसूचक करिब १५ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब बढी

काठमाडाैं, १८ असाेज । आईतबार नेप्से परिसूचक करिब १५ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस दिन १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । आज १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक बढेसँगै यस दिन नेप्सेमा पनि सुधार देखिएको छ । आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकिङ्ग, व्यापार, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ भने हाइड्रोपावरको १.१८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड ७७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, हिमालयन डिष्टिलरी र नेपाल बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचक उकालो लागेसँगै यस दिन दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन कर्पोरेटको शेयरमूल्य १८ रुपैयाँ बढेर २१० रुपैयाँमा र प्रोग्रेशिभको १२ रुपैयाँ बढेर १३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);