सोमबार घटेर बन्द भएको नेप्से आज के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सोमबार घटेर बन्द भएको नेप्से आज के होला ?

काठमाडौं,२० चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार घटेर बन्द भएको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।

सोमबार नेप्से परिसूचक ६ दशमलव२६ अंक घटेर २०१२ दशमलव ०७ विन्दुमा बन्द भएको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स सुन्य दशमलव ९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३४ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ । सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

आइतबार ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३१५ स्टकको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से घटेपनि सोमबार दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

१३ उपसमूहमध्ये सोमबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो । घटेका उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);