किन आकासियो सुनको भाउ ? | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

किन आकासियो सुनको भाउ ?

काठमाडौं,८ चैत्र । नेपाली बजारमा आज पहेलो धातुको मुल्य आकासिएको छ । साताको कारोबारको पाँचौ दिन बिहीबार सुन तोलामा २ हजार ६ सय रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

कारोबारको अघिल्लो दिन बुुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

यसैगरी, चाँदीको मुल्य पनि उच्च अंकले बढेको छ र आज तोलाका ३५ रुपैयाँ बढेर १ हजार ५ सय ५५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);