सुनको मुल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुनको मुल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड

काठमाडौं, २ कात्तिक । नेपाली बजारमा आज पहेलो धातुले नयाँ रेकर्ड राखेको छ । पछिल्लो समय निरन्तर बढ्दै आइरहेको सुनको मुल्यमध्ये आज कायम भएको हालसम्मकै उच्च हो । यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मुल्यमा सुनको कारोबार भएको थियो । सो दिनमा सुनको मुल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

साताको कारोबारको पाँचौ दिन आज प्रतितोला सुनको मुल्य १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य पछिल्लो उच्च रेकर्डभन्दा १ सय रुपैयाँ बढी हो । बुधबारको तुलनामा प्रतितोला १३ सय रुपैयाँले बढेको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको अनुसार सेतो धातु चाँदीको मुल्यमा आज गिरावट आएको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा खरिद विक्रि भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);