सुनको मुल्यमा हालसम्मकै उच्च रेकर्ड,कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मुल्यमा हालसम्मकै उच्च रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ माघ । नेपाली बजारमा सुन चाँदीको मुल्य बढ्ने क्रम जारी छ । आज फेरी सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । यो मुल्य हालसम्मकै उच्च रेकर्ड हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत १२ गते नयाँ रेकर्ड राख्दै प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यो रेकर्डलाई पनि आज आजको नयाँ मुल्यले तोडेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार तीनसय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुनको मुल्य वृद्धि भएको हो ।

त्यसैगरी, आज चाँदीको मुल्य पनि बढेको छ । आज १३ सय ९५ रुपैयाँँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);