सुनको मुल्यमा नयाँ रेकर्ड, बुधबार फेरि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनको मुल्यमा नयाँ रेकर्ड, बुधबार फेरि बढ्यो

gold shop

काठमाडौं, १४ साउन । नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएकोे छ । बुधबार तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);