आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि सुनको मूल्य घटेकाे जनाएकाे छ। महासंघका अनुसार सुनकाे मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। सोमबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७००  रुपैयाँ कायम भएको छ। यसैगरी, सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा  कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ।  सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply