Our Network

मंसिर १४ २०७८, मंगलबार

सुनचाँदीको मूल्यमा गिरावटको क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ असोज । मंगलबार उच्च दरले घटेको सुनचाँदीको मूल्य बुधबार पनि घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply