बुधबार सुनचाँदीको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बुधबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, २६ कार्तिक । मंगलबार घटेको सुनचाँदीको मूल्य बुधबार सामान्य वृद्धि भएको छ । यस दिन सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको दिन मंगलबार सुन तोलामा तीन हजार ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा झरेको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि सामान्य रुपमा उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);