चिनियाँ नाकामै धर्ना बस्ने महासंघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चिनियाँ नाकामै धर्ना बस्ने महासंघको चेतावनी

tatopani

काठमाडौं, २५ कार्तिक । १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल भित्रन सकेका छैनन् । लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

लामो समयदेखि नाकामा भएको समस्या समाधान नभएको भन्दै महासंघले नाकामै धर्ना बस्ने चेतावनी समेत दिएको छ । मंगलबार महासंघका अध्यक्ष नरेश कटुवालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले कुटनीतिक पहलको प्रयास गर्न नसकेको उल्लेख गरेका छन् ।

सरकारले तत्कालै समस्या समाधान नगरे चिनियाँ नाकाहरुमा पुगेर धर्ना दिने चेतावनी समेत दिएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन्, तर दिनमा एक र बढीमा दुई वटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ’ ‘नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान आइरहेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);