एक वर्षदेखि केरुङ नाकामा सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एक वर्षदेखि केरुङ नाकामा सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा

काठमाडाैं, १६ असाेज । करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन । कोरोना संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन् ।

संक्रमण न्यूनीकरणका लागि जारी भएको लक डाउनका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । उपत्यकाका खुद्रा व्यपारी पनि नआएको र बाहिरबाट पनि नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवस्या सञ्चालनमा समस्या देखिएको व्यवसायीहरुको भनाई छ ।

गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नुपर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरुमा थप चिन्ता छाएको छ । व्यवसायीहरुका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोरोना महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो ।

बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत अर्बौं रूपैयाँका सामान छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);