सुनको मूल्य आइतबार घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सुनको मूल्य आइतबार घट्यो

काठमाडौं, २५ साउन । दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य आइतबार भने घटेको छ । आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला एक लाख २ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख २ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);