सुनको मूल्य ओरालो लाग्दै , तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुनको मूल्य ओरालो लाग्दै , तोलाको कति ?

today gold rate in enepal

काठमाडौं, ३२ साउन । आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । अघिल्लो शुक्रबार तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० तोकिएको सुनको भाउ आइतबार ओरालो लागेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको भाउ प्रतितोला ९८ हजार ४०० र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनका साथै चाँदीको भाउमा पनि आइतबार सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम रहेको चाँदी आज भने ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);