बाह्य पर्यटन प्रवर्धन गर्न 'निःशुल्क भिषा र अनिवार्य पीसीआर' को नीति आवश्यक : पूर्वसिइओ जोशी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

बाह्य पर्यटन प्रवर्धन गर्न ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति आवश्यक : पूर्वसिइओ जोशी

काठमाडौं, ३१ साउन । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवर्धन गर्न सकिने बताउनुभएको छ ।

विश्व नै कोरोनासँग जुधिरहेको भएपनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षीत रहेको सन्देश प्रवाह गर्दै ‘निःशूल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रवर्धन गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल सुरक्षीत गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने जोशीले  बताउनुभयो । विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टीनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै उहाँले क्वारेन्टिन नभएर पीसीआरलाई अनवार्य बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने र नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने प्रवाधान राख्नुपर्ने बताउनुभयो ।

सात दिन भन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने जोशीको भनाई छ । उहाँले भिषा शूल्क बापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताउनुभयो ।

सरकारले पर्यटन पुर्नउत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिनुभयो । कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले १५-२० दिनभित्रमै यसको परिचालन गर्नसक्नुपर्ने बताउनुभयो । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उहाँले बताउनुभयो ।

गैरपर्यटन क्षेत्रका व्यक्तिहरुले समेत पर्यटन क्षेत्रमा लगानी बढाइरहेकले रोजगारीका अवशरहरुपनि सिर्जना भइरहेको उहाँले बताउनुभयो । देशलाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन पनि भएकाले यसको विकासका आवश्यक नीति नियम अवलम्बन गर्दै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);