सुनको भाउ तीन सयले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सुनको भाउ तीन सयले वृद्धि

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);