सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो

काठमाडौँ, ४ माघ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाका अनुसार साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँले घटेर सुनको कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

छापावाला सुन गत शुक्रबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३ सयमा कारोबार भएको छ ।

यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);