सोमबार सेयर बजार परिसूचक नेप्से बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सोमबार सेयर बजार परिसूचक नेप्से बढ्याे

stock_exchange_nepse-e1528283604277

काठमाडाैं, ५ माघ । सोमबार पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से परिसूचक सोमबार १७ दशमलव ३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अंकमा पुगेको हो । सोमबार १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ ।

बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा १ सय १० कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बजार बढेसँगै बजार परिसूचक र पुँजीकरण समेत हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार कूल बजार पूँजीकरण २३ अर्बले बढेर ३१ खर्ब ४१ अर्ब पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);