सोमबार नेप्से १३ दशमलव ९७ अकंले बढेर सेयर कारोबार बन्द | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

सोमबार नेप्से १३ दशमलव ९७ अकंले बढेर सेयर कारोबार बन्द

stock-nepse-market

काठमाडाैं । हालसम्मकै उच्च बिन्दूको रेकर्डसँगै नेप्से परिसूचक १३ दशमलव ९७ अकंले बढेर सोमबारको सेयर कारोबार बन्द भएको छ । सोमबार बजार खुल्ने बित्तिकै ५० अकंले बढेर नेप्से परिसूचकले हालसम्कै उच्च बिन्दू तीन हजार ३द्द. अंकको नयाँ रेकर्ड बनाए पनि समग्रमा १३ दशमलव ९७ अकंले बढेर सेयर कारोबार बन्द भएको हो ।

एक घण्टापछि नै झण्डै ४० अकंले ओरोलो लागेको बजारमा दिनभर नै तीव्र उतार चढाब रहृयो । सोमबार २ सय १९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ भन्दा धेरै रहृयो ।

सोमबार कारोबारमा आएका बजारका १३ उपसमूहमध्ये आठ वटा उपसमूहमा हरियाली छायो भने पाँच उपसमूह घटेर राताम्मे भयो । व्यापार उपसमूह सबै भन्दा धेरै ५.२२ प्रतिशतले बढेको थियो ।

दोस्रो बजारमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने विशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीसहित ६ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढेको थियो ।

Leave a Reply

ताजा समाचार