नेप्से परिसूचक घटेर बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेप्से परिसूचक घटेर बन्द

nepse

काठमाडौं, ५ साउन । सेयर बजारमा तीब्र उतारचढाबबीच सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । कारोबार सुरु हुँदा नेप्से ४ प्रतिशतले बढेर स्थिगित भएको हो।

२० मिनेट र करिब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित भएको हो। मध्यान्ह १२ बजेपछि तेस्रोपटक खुलेको बजारमा भने नेप्से ओरालो लाग्यो ।

दुई दिनमा नेप्सेमा उच्च वृद्धि भएपछि लगानीकर्ताले सेयर बिक्री चाप बढाउँदा नेप्से ओरालो लाग्यो र समग्रमा १४ अंक बढीले घटेर १ हजार ४ सय ६४ दशमलव ९४ अंकमा बन्द भएको छ ।

कारोबार अवधिभर नेप्से बढेर १ हजार ५ सय ५६ दशमलव २ अंक सम्म पुगेको थियो भने तेस्रोपटक खुलेको बजारमा घटेर १ हजार ४ सय ५८ दशमलव ५१ अंक सम्म झरेको थियो ।

सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८४ अंकले घटेर ३ सय ९ दशमलव ६ अंकमा बन्द भएको छ । सोमबार १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रूपैयाँको ७० लाख १ हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

सेयर बजारमा दुई दिनमै नेप्सेमा उच्च वृद्धि भएको र अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बिक्री चाप बढ्न गएकाले तीब्र उतारचढाव आएको देखिन्छ ।बजारमा कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड समूहमा वृद्धि भएको छ ।

ब्यापार, होटल, जलविद्युत, बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र अन्य समूहमा गिरावट आएको छ । सोमबार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको २० करोड १४ लाख ९९ हजार रूपैयाँ बढीको भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको सेयर कारोबार १० करोड रूपैयाँ भन्दा बढीको भएको छ ।

नेप्से ऋणात्मक भएपनि युनाइटेड फाइनान्स, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, स्पर्स लघुवित्त वित्तीय संस्थालगायत कम्पनीका सेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् ।

गुराँस लघुवित्त वित्तीय संस्था र मन्जुश्री फाइनान्सका शेयरधनीले भने झण्डै १० प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);