मौद्रिक नीतिको उदेश्य पूरा गर्न कार्यविधिमार्फत कार्यान्वयनमा जान विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मौद्रिक नीतिको उदेश्य पूरा गर्न कार्यविधिमार्फत कार्यान्वयनमा जान विज्ञको सुझाव

rastra-bank

पूजा बेल्वासे
काठमाडौं, ५ साउन । राष्ट्र बैंकले गएको शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि व्यवसायीक क्षेत्र उत्साहित भएको छ । बजेटले निजी क्षेत्रलाई ठोस सम्बोधन नगरेको भन्दै सरकारको आलोचना भएको बेला मौद्रिक नीतिले ढाडस दिएको निजी क्षेत्रको धारणा छ ।

कोरोना कहरबीच सार्वजनिक मौद्रिक नीतिले केही उत्साह थपेसँगै कार्यविधि कस्तो आउँछ भन्ने प्रश्न यतिबेला उत्तिकै चर्चामा छ ।
सरकारले बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने प्रावधान छ । आर्थिक उदेश्य पूरा गर्नका लागि मौद्रिक नीति सार्वजनिक गरिन्छ ।

हरेक वर्ष राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपनि प्रभाकारी कार्यविधिको अभावमा नीतिगत उदेश्य अधुरा रहन्छन् । यतिबेला कोरोनाले मुलुकको अर्थतन्त्र थलिएको छ ।

अर्थतन्त्र जर्जर बनेको बेला मौद्रिक नीतिले ढाडस दिएको छ । नीति सार्वजनिकसँगै राष्ट्र बंैकप्रति व्यवसायीको भरोसा पनि बढेको छ । मौद्रिक नीतिले सबै भन्दा बढी निजी क्षेत्र उत्साहित भएको छ ।

तर, नीतिगत उदेश्यलाई पूरा गर्न कार्यविधि अस्त्र भएकोले राष्ट्र बैंकले सार्वजनिक गर्ने कार्यविधि कस्तो हुन्छ, भन्ने मूल प्रश्न हो । यद्यपि, राष्ट्र बैंकले क्रमशः कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने राष्ट्र बैंकका प्रवक्ता गुणकार भट्टले बताउनुभयो।

विषम् परिस्थितिलाई सम्बोधन गर्ने गरी आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएको छ । जुन ‘स्पिरिट’ मा मौद्रिक नीति ल्याइएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन गर्नु पहिलो शर्त हो ।

जति राम्रो नीति ल्याएपनि कार्यान्वयन भएन भने यसको तात्विक अर्थ रहँदैन । यसर्थ, मौद्रिक नीतिको प्रभावकारी रुपमा कार्यान्वयनका लागि राष्ट्र बैंकले तत्काल एउटा ‘टास्क फोर्स’ गठन गरी त्यसैमार्फत अनुगमन गर्नुपर्ने पूर्व गर्भरनर दीपेन्द्रबहादुर क्षेत्रीको सुझाव छ ।
सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ । बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउन राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ  ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थामा मुद्रा प्रवाह, तरलता, विदेशी विनिमय, निक्षेप, व्याजदर, स्पे्रड दर, कर्जा प्रवाह, मुद्रा स्फ्रिति र बैंकिङ मर्जर जस्ता मौद्रिक कार्य गर्दछ ।

यसर्थ, समग्र मौद्रिक व्यवस्थापन गर्ने काम राष्ट्र बैंकबाट जारी हुने वार्षिक मौद्रिक नीतिको निकै अर्थ रहन्छ। तर, नीति आउनु मात्रै ठूलो कुरा होइन, त्यसको कार्यान्वयनका लागि महत्वपूर्ण पक्ष कार्यविधि भएकोले यसतर्फ ध्यान जानु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);