नेपाल राष्ट्र बैंकले भोलि आगामी आर्थिक वर्ष २०७५/७६का लागि मौद्रिक नीति सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले भोलि आगामी आर्थिक वर्ष २०७५/७६का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीतिले व्याजदरको समस्या समाधानका लागि उचित व्यवस्था गर्ने अपेक्षा गरिएको छ । यसका लागि राष्ट्र बैंकले स्प्रेड दरमा नै हेरफेर गर्ने बताइएको छ । निक्षेप संकलन, मर्जर, सेयर धितो कर्जा, रियल स्टेट कर्जा लगायतका विषय मौद्रिक नीतिमा समेटिने छन् ।

रियलस्टेट कर्जामा गरिएको कडाईलाई राष्ट्र बैंकले निरन्तरता दिनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी, मर्जर तथा बैंकिङ पहुँच विस्तारको विषय प्राथमिकतामा नै रहनेछन् । चालू आर्थिक वर्षको मौद्रिक नीति अघिल्लो वर्ष असार २५ गते सार्वजनिक गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);