श्रमिकहरुको न्युनतम मासिक तलब ३९ प्रतिशतले बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

श्रमिकहरुको न्युनतम मासिक तलब ३९ प्रतिशतले बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्याइयो

money

काठमाडौं, २६ असार । सरकारले श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक ३९ प्रतिशतले बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्याएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकका नेतासँगको पटक पटकको छलफलपछि श्रमिकहरुको न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुपैयाँबाट बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्याएको हो । मन्त्रालयले सोमबार रोजगारदाता र श्रमिक नेताको उपस्थितिमा पत्रकार सम्मेलन गरी बढाइएको तलब साउनदेखि लागू हुने बताएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहरुले सरकारले निर्धारण गरेको पारिश्रमिक पाउने सुनिश्चितताका लागि बैंकमार्फत भुक्तानी गरी त्यसको रेकर्ड मन्त्रालयमा पठाउने व्यवस्था गरिने बताए । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बढाइएको तलब उपलब्ध गराउन निजी क्षेत्र तयार रहेको बताए ।

उनिहरुले निजी क्षेत्र श्रमिकसँगको सम्बन्ध सुमुधुर बनाउने पक्षमा रहेको बताए । नेपाली कांग्रेस समर्थित ट्रेड युनियनले भने न्युनतम पारिश्रमिक कम्तिमा १७ हजार हुनुपर्ने अडान राख्दै सरकारी निर्णयप्रति असहमति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);